वि. स. २०७७ मङ्सिर ११ का दिन तराई मानव अधिकार रक्षक संजालको पहलमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व  सदस्य एवं मानव अधिकारकर्मी मोहना अन्सारीसहितको एक टोलीले महोत्तरीको बर्दिबासमा घटेको घटनाको स्थलगत अनुगमन गरी यो प्रतिवेदन तयार पारिएको हो ।
२०७७  मङ्सिर  ११ का दिन बर्दिबास पुगेर अनुगमन टोलीले बलात्कार गरी हत्या भएकी बालिकाको परिवार र प्रहरीको गोली लागी मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारहरुलाई भेटेको थियो । अनुगमनका क्रममा पीडितको छिमेकीहरु, स्थानीय प्रदर्शनकारी तथा स्थानीय पत्रकारहरुसित कुराकानी गरेको थियो । यसका  साथै बार्दिबास प्रहरी कार्यालयका प्रहरी प्रमुखसंँग समेत घटना बारे जानकारी लिएकोे थियो । प्रदेश नम्बर २ का जनकपुरस्थित मूख्यन्यायधिवक्ता एवं त्यस कार्यालयका पदाधिकारीसमेत लाई भेटी घटनाको अनुगमन र पीडित परिवारलाई  न्याय तथा क्षतिपूर्ति  दिलाउनको  लागि प्रदेश सरकारले गरेको वा भैरहेको पहलबारेमा समेत जानकारी लिएको  थियो ।
बालिकाको बलात्कार एवं हत्या र न्यायका लागि स्थानीयहरुको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाटभएको मृत्यु र घाइतेसहितको घटनालाई सरकार, न्यायपालिका तथा सुरक्षा निकायले स्वतन्त्र र निश्पक्ष ढंगले छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने र त्यसअनुरुप कारबाही गरेर पीडितलाई न्याय दिनुपर्ने प्रत्याभुति गर्नुपर्दछ । साथै प्रदर्शनका क्रममा भएका घाइतेहरुहरुलाई निःशु्ल्क उपचार तथा बालिका र प्रहरीको गोलीबाट मारिएका परिवारहरुलाई उचित क्षतिपूर्तिको प्रत्याभुति गर्नुपर्दछ ।
विस्तृत प्रतिवेदनका लागि Bardibas Monitoring Report हेर्नुहोला ।