आज सप्तरीको राजविराजमा ने.क.पा. एमालेको मेचीमहाकाली अभियान अन्तर्गत आयोजना गरिएको आमसभालाई मधेसी जनताहरुले अवरोधको प्रयास गर्ने क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा मलेठ २, सप्तरीका रंजन मेहता लगायतको मृत्यु भएको समाचारप्रति तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी शान्तिपुर्ण तरिकाले गरिरहेको अवरोधमा प्रहरीद्धारा अत्यधिक बल प्रयोग गरी सर्वसाधारणको ज्यान लिने कार्य मानव अधिकारको गम्भीर उंल्लघन भएको हाम्रो ठहर छ, साथै उक्त घटनाको घोर भत्र्सना गदर्छौ । तसर्थ भिड नियन्त्रणको नाममा अत्यधिक बल प्रयोग गरी जीवनको अधिकारलाई हरण गर्ने कार्य तत्काल रोक्न र यस्ता घटना नदोहर्याउन राज्य पक्षलाई आग्रह गर्दछौं ।
[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2017/03/THRD_Alliance_Press_Release_2017.3.6.pdf”]