प्रेस विज्ञप्ति

रुपन्देही मर्चवार घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । २०७३ फाल्गुन ७ गतेका दिन रुपन्देहीको मर्चवार क्षेत्र स्थित मजगाँवामा आमसभा कार्यक्रम हेर्न गइरहेको अवस्थामा जनता उच्च मा.वि. उडवलीया, रुपन्देही मा कक्षा १२ मा अध्ययनरत राजेश बरईलाई प्रहरीले पक्राउ गरेको विरोधमा फाल्गुन ८ गते त्यस विद्यालयका करिव पाँच सय जना बिद्यार्थीहरुले बगौली प्रहरी चौकीको अगाडि प्रर्दशन तथा नाराबाजी गरी फर्किरहेको अवस्थामा करिव एक सयको संख्यामा पछि पछि आईरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछाडिबाट छात्रछात्राहरु माथि अचानक लाठी चार्ज गरी कुटपिट गर्न थाले पछि अगाडी रहेका युवाहरुले प्रहरीहरु माथि ढुंगामुढा गरेको थिए ।

दोहोरो झडपमा करीव ५÷७ जना प्रहरी समेत चोटपटक लागि घाइते भएका छन् । प्रहरीले गरेको लाठी चार्जका कारण विद्यार्थीहरु र्निमला सिंह, सम्भावती यादव, शेषलता गोंसाइ, राहुल यादव, कृष्ण हरिजन, पुनम मौर्या, सरस्वती मौर्या र लक्ष्मी मौर्या घाइते भए भने कक्षा ६ मा अध्ययनरत पंकज हरिजन हाल सम्म बेपत्ता रहेको छ । प्रहरीले किराना पसले रामनिवास जयसवाल, नाइ जोगिन्द्र ठाकुरलाई उनीहरुको पसलबाट तथा औषधी पसले श्याम प्रकाश गुप्तलाई घाइतेहरुलाई औषधी उपचार गरेको कारणले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

साथै शिवधनी पासी, इद्रीस अन्सारी, मकबुल अन्सारी र चिर्री यदावलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको पीडितहरुले बताएका छन् । त्यसै गरी प्रहरीले विकास प्रसाद लोध, राम कुमार केवट, शैलेन्द्र बनिया, जितेन्द्र यादव र राजेश बरईलाई गैर कानुनी तरिकाले पक्राउ गरी हिरासतमा लिएको छ । प्रहरीले गरेको कुटपिटका कारण स्कूलका छात्रा सरस्वती मल्लाह र गिता पासी घाइते भएकी छिन । भारतमा घर भई मजगाँवामा निम्तो खान आएका भारतीय नागरिक बर्ष ४० का राम सुभग पाल र राजनाथ पाललाई समेत पक्राउ गरिएको छ । हेल्थ पोष्टका इन्चार्ज मनोज कुमार यादवलाई पनि पक्राउ गरिएको कुरा समेत हामीले अनुगमनको क्रममा पाएका छौँ ।

प्रहरी चौकी उडवलीयामा करिव १५ मिनेट सम्म ढुंगामुढा गर्न थाले पछि प्रहरीले २ राउण्ड हवाई फायर र करिव १५ राउण्ड अश्रुग्याँस फाले पछि मान्छेहरु तितिर वितर भएका थिए । स्थानीयले दिएको जानकारी अनुसार करिव २० जना पक्राउ परेका छन् भने ५० जना भन्दा बढी मान्छेहरु घाइते भएका छन ।

तसर्थ, अत्याधिक बल प्रयोगको यस घटनाको तत्काल निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही, घाइतेहरुको उपचार र गैरकानूनी तरिकाले पक्राउ गरिएकाहरुलाई रिहा गर्न माग गर्दछौ । साथै मर्चवार क्षेत्रका सर्वसाधारण पुरै आतंकित हुने यस्ता घटना भविष्यमा नदोहोरिने प्रति सचेत रहन सवै पक्षलाई आग्रह गर्दछौ । मर्चवार क्षेत्रका समाजलाई पुनः शान्ति फर्काउन सवै पक्षलाई पहल गरिदिन आग्रह समेत गर्दछौं ।

शैलेन्द्र प्रसाद हरिजन
क्षेत्रीय मानव अधिकार संयोजक
भैरहवा

[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2017/02/Press_Stetement_in_Letterhead-2-1.pdf”]