2074/0३/१८

प्रेस बिज्ञप्ति

सप्तरी जिल्लाको बिभिन्न गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेर त्यहाँका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ । साथै बाढीमा परि सशस्त्र प्रहरीका एकजना हब्लदार बेपता भएको र एकजनाको शव वेवारिसे अबस्थामा बस्ती नजिकै फेला परेको घटणाप्रति तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भिर ध्यानाकर्षण भएको छ । सप्तरीको तिलाठीमा ३ सय घर जलमग्न भएकोछ । यस्तै तिलाठी कोईलाडी गाउपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । नेपाल भारत सिमा क्षेत्र अन्तरगत तिलाठी स्थित बेल्ही भन्सार कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट डुवानमा परेको छ । अहिले सप्तरीका बाढी प्रभावित क्षेत्रका जनताहरु नेपालको संविधानको धारा ३६ (१)ले प्रदान गरेको खाद्य सम्बन्धि हकबाट बंचित भएका छन । अतः सरोकारबाला सबैलाई यस प्राकृतिक प्रकोपबाट प्रभावित जनताहरुलाई सहयोग गर्न थर्ड एलायन्सले विनम्र अनुरोध गर्दछ । साथै, प्रत्येक बर्ष सप्तरी लगायत तराईर÷मधेश का जनताहरु बाढीको चपेटमा पर्दै आइरहेको घटणा बिदितै रहेको अवस्थामा नेपाल सरकारको तर्फबाट स्थाई समाधानको पहलकदमीमा ढिलासुस्ती देखिएको हुनाले हामी नेपाल सरकारलाई यथासिघ्र स्थाई समाधान खोज्न तर्फ समेत ध्यानाकर्षण गराउदछौँ ।

 

रणधीर चौधरी

पुर्वान्चल क्षेत्रिय संयोजक