संयुक्त प्रेस विज्ञप्ति

२०७७ भाद्र २२ गते

भाद्र १८ गतेललितपुर,पुल्चोकमारातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयर प्रहरीबीचभएको झडपपछि  पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमायातना दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।सोही दिन भएकोझडपमा ट्राफिक प्रहरी कमल घिमिरे कुटिएकोघटनाप्रतिसमेत खेद प्रकट गर्दछौं ।

स्थानीय र प्रहरीबीच झडपपछि प्रहरीलेघटनामा संलग्नभनिएको १९ जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, ज्वालाखेल, ललितपुरलगायत विभिन्न ठाँउमा राखिएको छ । पक्राउ परेकाहरुमध्ये केही व्यक्तिहरुलाई हिरासतमा रहेका साथीहरुलाई भेट गर्न गएको  अवस्थामास्वेच्छाचारी रुपमा पक्राउ गरी हिरासतमा राखिएको समेत पाइयो ।हिरासत अनुगमनको क्रममाप्रहरीले थुनुवाहरुलाई यातनादिएको तथा अमानवीय व्यवहार गरेकोथुनावाहरुलेजानकारी दिएका छन् ।

हिरासतमा राखेका मध्ये एक जनाले भने, “म पत्रकार हुँ भनेको थिएँ । प्रहरीले मलाई घटनास्थलबाट जबरजस्ती पक्राउ गरी थुनामा राखेको छ । थुनाकक्ष भित्र एकान्त कोठामा लगी जात्रामा को को सहभागी रहेका थिए, तिनीहरुको ठेगाना लगायतका कुरा एक (खुकुरी र ताराभएको बर्दीमा रहेको) प्रहरीले सोध्न थाले । मलाई थाहा भएन भन्दा अपशब्द प्रयोग गरी गालीगलौज गर्न थाले । मलाई थाहै नभएका कुरा किन म सँग सोधेकोभन्दा मेरो खुट्टा दुईजना प्रहरीलाई समात्न लगाई पैतालामा सहनै नसक्ने गरी पाइपले पिटे।” उनले थपे: “यसरी पालै पालो सबैजनालाई बोलाई पिट्न थालेपछि हामी सबैजना भित्र अनसन बस्यौँ । त्यसपछि पिट्न बन्द गरे ।”

साथै,थुनुवाहरुले आफुलाई पक्राउ पुर्जी समेत नदिई गैरकानूनी तरिकाले पक्राउ गरेको र२४ घण्टाभित्र अदालत वा मुद्दा हेर्ने निकायसमक्ष नलगेको कुरा बताएका छन् ।

निषेधाज्ञा समेतजारी भएको अवस्थामा जात्रा निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा भाद्र १० गते ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र स्थानीयवीच बैठक बसेको थियो। नगरप्रमुखको अध्यक्षतामा बसेको बैठकले जात्रा गर्ने निणर्य गरेको थियो र सोही निणर्यको आधारमा स्थानीयले जात्रा शुभारम्भ गरेका थिए भन्ने कुरा हिरासतमा रहेका असोज कुमार महर्जनले अनुगमनका क्रममा बताएका हुन।

यसरी प्रहरीले गैरकानूनी तरिकाले पक्राउ गरी थुनुवाहरुलाई यातना दिने कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीत रहेको हाम्रो ठहर छ । प्रहरीको यस्तोकार्यले नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकरधारा २२ मा यातनाविरुद्धको हकलगायत मौलिक हक अधिकारहरूलाई कुण्ठित गरेको छ ।साथै,नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ लगायत अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूमा उल्लेखित अधिकारहरूको समेत उल्लङ्घन गरेको छ ।

तसर्थ, निजहरुलाई तत्काल घाँजांच गराई यातनापीडितहरुको औषधी उपचार गरीघटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न  राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीलाई आग्रह गर्दैयातना पीडितहरुलाई न्याय र दोषीउपर कानून बमोजिम कारबाही गर्न माग गर्दछौँ ।साथै हालैका दिनमा देशका विभिन्न ठाँउमा प्रहरी प्रशासनबाट भैरहेका यातना तथा अमानवीय व्यवहारका घटनामा संलग्न दोषी उपर कारबाही गर्नुका साथै ट्राफिक प्रहरी जवानमाथि भएको कुटपीटको समेत छानबीन गरी दोषीउपर कानून बमोजिम कारबाही गर्न माग गर्दछौं ।

 

मोहन कुमार कर्ण                                               ओमप्रकाश ठकुरी सेन

निर्देशक                                                              निर्देशक

थर्ड एलायंस                                                         एड्भोकेसी फोरम

९८०८५३१८२९                                                  ९८४१२७५७३२

 

[पिडिएफका लागि  Final_PR – Police torture on local activists of Pulchowk]