हिजो राति २०७५ चैत १७ गते आएको भीषण हावाहुरीमा परी बारा र पर्सा जिल्लाका मा ३१ जना भन्दा बढीको मृत्यु र ७०० भन्दा बढी व्यक्ति घाइते हुनुका साथै करौडौंको सम्पति क्षति भएको छ । जनधनको यो ठूलो क्षतिप्रति तराई मानवअधिकार रक्षक संजाल ( थर्ड एलायन्स) गहिरो दुःख व्यक्त गर्दछ । साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

घाईतेहरुको उपचार, घरवारविहिन हुनपगेका प्रभावितहरुलाई खाना, लत्ताकपडा, औषधि जस्ता अत्यन्त आवश्यक सामग्रीको उपलब्धता लगायत राहत तथा पुनस्र्थपना का लागी संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित निकायहरु, सम्पूर्ण सुरक्षाकर्मी, सेना तथा आम नागरिकहरुले तत्काल उद्धार कार्यमा सहयोग गर्न आवश्यक रहेका छ ।

मौसमी परिवर्तनका कारण हुने यस्ता दुःखदायी घटनाहरुको पुर्वानुमान र पुर्वतयारीबाट हुनसक्ने क्षतिलाई रोक्नको लागी आवश्यक वैज्ञानिक तथा प्राविधिक सुचना प्रणाली तथा संयन्त्रको निर्माण गर्नुपर्ने नितान्त आवश्यकतालाई ध्यानमा राखी सम्बन्धित निकायले पहल गर्न समेत आग्रह गर्दछौ ।

यसरी हावाहुरीको कारणले पीडित भएको मृतक परिवारलाई तत्काल राहत र क्षतिपुर्ति प्रदान गर्न, घाइतेहरुको निशूल्क औषधी उपचार, घरबिहीन भएका परिवारहरुको तत्काल उद्दार र पुर्नःस्थापना तथा अस्थायी बसोबासको प्रबन्ध तत्काल गर्न नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गर्दछौं । साथै उद्दार, राहत र पुनःस्थापनाको कार्य सहयोग गर्न स्थानीय निकाय, प्रशासन, चिकित्सक, नागरिक समाज, निजी क्षेत्र, पत्रकार, सर्वसाधारणलगायतको सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गर्दछौं ।

मिति: २०७५ चैत्र १८ गते

………………..

रक्षाराम हरिजन

संचार संयोजक

Press Release_THRD Alliance