नेपालको संविधानले संवैधानिकरुपमा नै मानव अधिकारको संरक्षण तथा संवद्र्धनका लागि प्रभावकारी संयन्त्रको रुपमा मानव अधिकार आयोगको व्यवस्था गरेको अवस्थामा पछिल्ला दिनहरुमा मानव अधिकार आयोगको स्वतन्त्रता, स्वायत्तता तथा मर्यादामा आँच पुग्ने गरी नेपाल सरकारबाट भएका गतिविधिहरुप्रति तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) गंम्भीर आपत्ति प्रकट गर्दछ । साथै मानव अधिकार आयोगको स्वायत्तता, स्वतन्त्रता तथा मर्यादालाई सुनिश्चित हुनेगरी ऐन कानून, निर्माण तथा काम कारवाही संचालन होस भनी जोडदार माग पनि गर्दछ ।
मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकले आयोगको स्वतन्त्रता तथा स्वायत्ततालाई संकुचित पार्ने भएकोले यो मानव अधिकारसँग सम्बन्धित पेरिस सिद्धान्तको समेत प्रतिकुल रहेको भन्ने तराई मानव अधिकार रक्षक सञ्जालको ठहर रहेको छ । खासगरी आयोगको अनुसन्धान, सिफारिश र आदेशको सम्बन्धमा महान्यायाधिवक्ताको भूमिका तथा यसको प्रदेश तथा शाखा कार्यालयहरुलाई समेत प्रतिकुल प्रभाव पार्नेगरी तयार गरिएको संशोधन विधेयकबाट मानव अधिकार आयोगको गरिमालाई आघात पर्ने हुँदा यस सम्बन्धमा पुनर्विचार गरी मानव अधिकार आयोगलाई एक स्वतन्त्र, स्वायत्त, मर्यादित तथा प्रभावकारी संवैधानिक निकायको रुपमा स्थापित हुनेगरी कानूनी व्यवस्था गरियोस् भनी नेपाल सरकारसमक्ष यो संस्था जोडदार माग गर्दछ । 
त्यसैगरी बांके जिल्ला अदालतको आदेशले २०७६ वैशाख ८ गते साधारण तारेखमा रिहा भएका दानबहादुर फडेरालाई पुनः पक्राउ गर्न लाग्दा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, नेपालगंजमा शरण लिएका निज दानबहादुर फडेरालाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले आयोगको कार्यलयलाई घेरा हाल्ने, आयोगका सुरक्षा गार्ड तथा आयोगका पदाधिकारीहरुलाई समेत धम्की दिने कार्यहरु हुनपुग्नु अत्यन्त चिन्ताको विषय हो । मानव अधिकार आयोगको निर्देशनमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा निज दानबहादुर फडेरालाई २०७६ वैशाख १० गते परिवारको जिम्मा लगाईएकोमा निजलाई जिल्ला प्रशासन कार्यालय, बांकेको परिसरबाटै प्रहरीले पक्राउ गरी लैजानुले कानुनी शासनको उपहास भएको छ । निज दानबहादुर फडेरा तथा निजको परिवारको सुरक्षाको लागी समेत यो संस्था जोडदार अपिल गर्दछ । 
 
मिति २०७६।०१।११ गते 

In English: Press Statement

Terai Human Rights Defenders Alliance (THRD Alliance) expresses its serious concerns over the government’s recent moves, that it believes will adversely impact independence, autonomy, and dignity of the National Human Rights Commission. The constitution envisages that NHRC will act an effective mechanism to protect and promote human rights.

THRDA also urges the government to ensure enactment of Acts and laws and to carry out its activities in a way that would not adversely impact the autonomy, independence and dignity of the NHRC. THRDA believes that the current bill registered in the Parliament to amend the NHRC Act, 2012 is against the Paris Principle mainly because it curtails NHRC’s independence and autonomy.

This bill’s provision proposes to give the Attorney General’s a role in investigation carried out by the NHRC and its recommendations and orders which will adversely impact the dignity of the commission. Similarly, the bill’s provision will also adversely impact NHRC’s provincial and branch offices. We, therefore, strongly urge the government to rethink the bill and make provisions to make NHRC an independent, autonomous, dignified and effective constitutional body.

It is deplorable that a team of Nepal Police cordoned off the NHRC office in Nepalgunj and threatened the security officers and  office bearers of the commission to re-arrest Dan Bahadur Fadera, who after being released by Banke District Court on personal recognisance, had gone to take refuge there.  The arrest of Fadera from the premises of District Administration Office, Banke where he had been handed over to his family in the presence of CDO, Banke as per the directives of the NHRC makes mockery of the rule of law. These organisations strongly urge the government to Fadera and his family.

As violation of NHRC’s directives and curtailment of NHRC’s legal status could lead to infringement of the rule of law and democratic values, this organisation urge all to be sensitive about these issues.

Click for pdf files: नेपालीमा      In English