जिल्ला झापा बिर्तामोड–४ का एक १४ बर्षीय बालक सन्दिप प्रसाईंलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएका प्रहरीहरुले निर्घात कुटपिट गरेको कार्यप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को ध्यानाकर्षण भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सादा पोशाकमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्यामदेब यादवद्वारा विहिवार राती प्रहरीबाट निर्घात कुटिएका प्रसाईं अहिले विर्तामोड स्थित बी.एंड सी. हस्पिटलको आईसियू कक्षमा उपचारत भइरहेको छ । आफ्नै टोलमा भएको झगडा हेरेर घर फर्किने क्रममा आफ्नै घरको गेटबाट भित्र पस्दै गर्दा राति ९:३० मा सादा पोशाकमा रहेका ती प्रहरीहरुले चोर, ड्रगीस्ट भन्दै समातेर लगेर निर्घात कुटपिट गरेको अनुगमनको क्रममा देखिएको छ ।
उपचारमा संग्लग्न रहेको चिकित्सकले ती नालाबकमा बाहिरी चोट नदेखिए पनि उनी एक्कासी डराउने र झस्किने गरिरहेको बताए । मिति २०७४।१०।२१ गते प्रारम्भिक उपचारपछि घरमा राख्दा तर्सिने गरेकोले त्यसको भोलिपल्ट फेरी सोहि अस्पतालमा उपचारको लागि भर्ना गरियो । जिल्ला प्रहरी कार्यालय झापाले बालक कुट्ने प्रहरीलाई हिरासतमा राखेर घटनाका बारेमा आवश्यक छानबिन भइरहेको पाइएको छ ।
अतः सादा पोसाकमा खटिएका प्रहरीले १४ बर्षीय बालकलाई कुटपिट तथा यातना जन्य कार्य गरेको हुँदा सो घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीलाई कारवाही र पिडीतलाई कानुनबमोजिम क्षतिपुर्ति उपलब्ध गराउन सम्बन्धित सम्पुर्णमा आग्रह समेत गर्दछौं ।

मिति २०७४।१०।२३

रक्षाराम हरिजन
मिडिया तथा संचार संयोजक

[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2018/02/Press_Release_Feb06_Jhapa-incident.pdf”]