मितिः २०७४ चैत्र ०७ गते

मितिः २०७४ चैत्र ०७ गते

मिति २०७४ चैत्र १ गते सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नं. ६ का सन्तोष साहलाई पैसा नदिएको कारणले रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) बाल कन्हैया ठाकुरले कुटपिट गरेको कार्यको थर्ड एलायन्सले भत्र्सना गर्दछ ।

धनकौल गाउँपालिका ६ का सन्तोष साहले आफ्नो मोटर साईकलमा मिठाई बोकेर आफ्नो घरबाट रौतहट तर्फ जाँदै थिए । उनले आफ्नो मोटरसाईकलमा दुईवटा स्टिलको कन्टरमा करिब एक सय किलोग्राम मिठाइ राखेर रौतहटको मौलापुर लैजादै थिए । घरबाट करिब ५ किमी दुरीमा सादा पोषाकमा रहेका रामनगर प्रहरी चौकका असई ठाकुरले निजलाई रोकेर सोधपुछ गरी पाँच सय रुपैया मागेको कुरा थर्ड एलायन्सको अनुगमनबाट पाइयो ।

उनले आफुसँग पैसा नरहेको र मिठाई लिने भए लिनुस् भनेका थिए । त्यसपछि असई ठाकुरले तस्कर भन्दै अपशब्द प्रयोग गरी गाली गलौज गर्न थाले । तिमिलाई कारवाही गछौं भन्दै निज ठाकुरले साँचोको गुच्छा औंलामा राखेर मुक्काले पेट, नाभिको तल प्रहार गरेपछि उनी लडे । उनी लडेपछि पुनः प्रहार गर्दा दायाँ आँखा नजिक चोट लाग्यो, दाँया पाखुरामा जुत्ताले प्रहार गरे । करिब १५ मिनेटको कुटाईपछि सन्तोष साह बेहोश भएको पाइयो ।

सो लगत्तै त्यहाँका स्थानीयले असईलाई नियन्त्रणमा लिई सन्तोष साहलाई उद्धार गरी परिवारलाई खबर गरेका थिए भने स्थानीयले निजलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पुर्याए र असई ठाकुरलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाए । पीडित सन्तोषलाई जिल्ला अस्पतालले रेफर गरेपछि विरगंज स्थित नेशनल शिक्षण अस्पतालमा उपचार गराई घर फर्केको पाइएको छ ।

यसरी बाटोमा रोकेर प्रहरीले आफ्नो ओहदाको आडमा व्यक्तिलाई दुव्र्यवहार तथा कुटपिट गर्नु निन्दनीय कार्य हो । अतः थर्ड एलायन्सले कुनै व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा सो नगरी पैसा माग्ने र पैसा नदिएकोले कुटपिट गरेको पाइएको हुँदा सो कार्यको तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न र पीडितको औषधी उपचारको व्यवस्था गर्न सम्बन्धित सम्पुर्णमा आग्रह गर्दछ ।

…………………
रक्षाराम हरिजन
थर्ड एलायन्स

[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2018/03/THRDA-Press-Release-2018.03.21-1.pdf” title=”THRDA-Press Release-2018.03.21″]