मितिः २०७४।२।३० गते

प्रेस विज्ञप्ती

मिति २०७४।३।१४ मा नेपालमा हुन गइरहेको दोश्रो चरणको स्थानिय तहको निर्वाचन र सो निर्वाचनलाई आफना मागहरु सम्वोेधन नभएसम्म बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका असन्तुष्ट दलहरुको विरोध कार्यक्रमहरुप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । विगतमा भएका यस्तै राजनितिक विरोधका कार्यक्रमहरु बन्द, हडताल र त्यसलाई नियन्त्रण गर्ने क्रममा राज्यबाट भएका कारबाहिको क्रममा थुप्रै जनधनको क्षति भएको कुरा सम्बन्धित सवैमा पुनः स्मरण गराउन चाहन्छौ । राजनितिक मागहरु राजनैतिक तहबाटै वार्ता र सहमतिको माध्यमबाट समाधान गरिनुपर्नेमा जोड दिदै सम्पुर्ण राजनतिक दलहरुलाई यस संवेदनशील घडीमा गंभीर हुन आग्रह समेत गर्दछौ । राजनतिक दलहरुले गर्ने कुनै पनि विरोधका कार्यक्रमहरुले हिंसात्मक बाटो लिनु हुदैन । तसर्थ राजपा लगायत राजनितिक दलहरुले आफनो विरोधका कार्यक्रमहरु शान्तिपुर्ण रुपमा अगाडि वढाउन तथा शान्तिपुर्ण विरोधका कार्यक्रमहरुमाथि राज्यतर्फबाट समेत बलको प्रयोग गरि उत्तेजित पार्ने तथा जनधनको क्षति पुरयाउने कार्य नहोस भनि सम्बन्धित सवै राजनितिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछौ ।

सतिश चन्द्र साह
मिडिया तथा संचार संयोजक

[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2017/06/press-release-final.pdf”]