श्रीमान अग्नी खरेलज्यू

महान्यायाधिवक्ता

महान्यायाधिवक्ताको कार्यालय

रामशाह पथ, काठमाडौं

नेपाल ।

टेलिफोनः ९७७–१–४२४०२१०,९७७–१–४२६२५४८,९७७–१–४२६२३९४

ईमेलः  [email protected]

आदरनीय अग्नी खरेलज्यू

एयिशन ह्युमन राइट्रस कमिशन (एएचआरसी)ले यसका विरुद्ध र अन्य व्यक्तिहरुका विरुद्ध दायर गरिएको मुद्दाको सम्बन्धमा तपाईंको तत्काल ध्यानाकर्षण गराउँदछ । हामीलाई आशंका छ कि यो झुठा मुद्दामा एएचआरसी तथा नेपालमा यस संस्थासँग सम्बद्ध अन्य व्यक्तिहरुलाई फसाउनुको उद्देश्य खराब नियत रहेको छ । हामीलाई प्राप्त जानकारी अनुसार उजुरीकर्ता राष्ट्रिय मानव अधिकार आयोगका पूर्व कर्मचारी कोषराज न्यौपाने रहेका छन् । हामीलाई थाहा छ, न्यौपाने आयोगका सदस्य मोहना अन्सारीविरुद्ध अत्यन्त अपमानजनक र गलत लेख लेखेका थिए, जसका विरुद्ध नोभेम्बर १५ मा अन्सारीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई एक खुला पत्र लेख्नुभएको थियो । आरोपित आर्थिक अनियमितताको लागि न्यौपाने राष्ट्रिय मानव अधिकार आयोगको छानविनको दायरमा रहेका थिए र उनले कारवाही होला भन्ने डरले पहिले नै राजिनामा दिएका थिए ।

फेब्रुअरी २८ का दिन हामीले साइबर अपराध कानूनअन्तर्गत एउटा मुद्दा केही व्यक्तिका साथै एशियन ह्युमन राइट्स कमिशनको विरुद्ध पनि दायर भएको थाहा पायौं ।

हामी यो कुरामा पनि तपाईंको ध्यानाकर्षण गराउँछौ कि एएचआरसीले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षलाई लेखेको खुला पत्रलाई हजारौ व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका थिए, तर उजुरीकर्ताले यो मुद्दामा केही व्यक्तिहरुलाई मात्रै अभियुक्तको रुपमा आरोप लगाएका छन् । यो मुद्दा दर्ता भएपछि अनलाईन समाचारहरुमा महत्वका साथ प्रकाशन गरियो । एएचआरसीलाई हानी पुर्याउने उद्देश्यले जानी बुझिकन मुद्दाको विवरण मिडियालाई खुलासा गरियो । यो मुद्दा दुर्भावनापूर्ण अभियोजनको उद्योग हो । सरकारी मुद्दासम्बन्धी ऐन २०४९ का अनुसार प्रहरीबाट प्रतिवेदन दिइएपछि सरकारी वकीललाई प्रमाणको मूल्याँकन र प्रहरीले गरेको अनुसन्धानको मूल्याँकनको आधरामा कुनै मुद्दा अदालतमा दर्ता गर्ने वा नगर्ने अधिकार प्राप्त रहेको छ । हामीलाई थाहा छ यस मुद्दामा सरकारी वकिलले मुद्दा दर्ता गर्ने प्रक्रियाको सवालमा चुकेका छन् । यस मुद्दामा अभियुक्त बनाइएका व्यक्तिहरुलाई अझै पनि जानकारी गराइएको छैन । मुद्दाको विवरणले भने अभियुक्तहरु फरार रहेको भन्छ । तर वास्तविकता के हो भने कुनै पनि अभियुक्त फररार रहेका छैनन् र सबै आफ्नो सार्वजनिक जीवनमा रहेका छन् सँधै आफ्नो कार्यालय गइरहेका छन् । यो मुद्दाको दर्तामा सार्वजनिक अधिकारीको निर्णय उसको व्यक्तिगत हितबाट प्रभावित (कन्फलिक्ट अफ इन्ट्रेस्ट) रहेको देखिन्छ । उजुरीकर्ताका दाइ श्री मणि न्योपाने, काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा सहायक सरकारी वकिल हुनुहुन्छ र उहाँले यो मुद्दा दर्तामा सहयोग गरेको खवर छ । यो अधिकारको प्रत्यक्ष दुरुपयोग हो । एएचआरसी त्यसकारण आफ्नो अधिकारको दुरुपयोग गर्ने सकारी वकिलका विरुद्ध तत्काल कारवाही गर्न महान्यायाधिवक्तालाई जोड दिन्छ । झुठा मुद्दा फिर्ता लिनको लागि एएचआरसीले तपाईंको कार्यालयलाई तत्काल प्रक्रिया थाल्नको लागि पनि जोड दिन्छ । एएचआरसी तथा अन्य व्यक्तिहरु जसका विरुद्ध लगाइएका सम्पूर्ण अभियोगहरु पनि फिर्ता लिनुपर्दछ ।

भवदीय

बिजो फ्रान्सिस

कार्यकारी निर्देशक

एशियन ह्युमन राइट्स कमिशन, हङकङ

 

(Unofficial Translation)

Click here to read english version

NEPAL: Withdraw the case filed with malicious intention against the Asian Human Rights Commission and other individuals