मिति २०७५ चैत्र १७ गते राती करिव ७:१० बजे बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण १८९५ घरपरिवार प्रभावित हुनुका साथै १० पुरुष, ११ महिला, २ बालक, ४ बालिका गरी २७ जनाको आकाल मै मृत्यु भएको थियो ।

प्रभावित क्षेत्रमा स्थानीय, सरकारी, गैरसरकारी, व्यक्तिगत विभिन्न क्षेत्रबाट राहत वितरण गर्ने कार्यहरु भइरहेको छ । यसै सन्दर्भमा थर्ड एलायन्ससंग समन्वय र सहकार्य गरी प्रभावित क्षेत्रहरुमा राहतका विभिन्न सामग्रीहरु वितरण गर्नु सम्पूर्ण सरकारी, गैरसरकारी तथा महानुभावहरुलाई थर्ड एलायन्सको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दछौ । साथै केही व्यक्ति, संघसंस्थाहरुबाट प्राप्त भएको राहत सामाग्रीहरु तपशिल अनुसारका प्रभावित क्षेत्रहरुका वितरण गरीएको व्यवहोरा जानकारी गराउँदछौं । साथै वितरण कार्यमा सहयोग गर्नुहुने कलैया सिटी जेसिज र स्थानीय हाम्रो प्रयास संस्थालाई थर्ड एलायन्स हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

 

क्र.सं. राहत सामाग्री वितरण गर्ने ठेगाना राहत सामाग्रीहरु वितरण गरिएको क्षेत्र लाभान्वित परिवार संख्या
थर्ड एलायन्स काठमान्डौं १५१ थान भरवलिसुत्ने म्याट भरवलिया १५१
हाम्रो प्रयास कलैया, बारा झुल ५५ थान भरवलिया ५५
नेपाल युवा परिषद  नागरिक समुह बलायन्केट १००, तन्ना १००, नुहाउने साबुन २००, कपडा धुने साबुन २००, सरफ १००, ब्रस ५००, पेस्ट १००, चक्कु १००, सोलार टर्च लाइट १००,  झुल १००, मग १०० भरवलिया १००
अभियान नेपाल गौर, रौतहट सुत्ने म्याट ४६, पानी ४४, ब्रस १००, पेस्ट १००, आलु ३ बोरा, प्याज १ बोरा, खाने तेल २ जार, मसाला ८ किलो, दाल २ बोरा दैनिक प्रयोग सामानहरु भलुहीमा वितरण भएको र अन्य खानेकुराहरु कलैया सिटी जेसिजले भरवलियामा संचालन गरेको मेसमा दिइएको ५०
नेपाल युवा परिषद दाह्री ग्यांग पोखरा कराही १००, डाडु १००, प्लेट २००, चमच १००, कचौरा १००, बाल्टीन १००, मग १००, नुहाउने साबुन २००, कपडा धुने साबुन २००, सरफ १००    तेलगाई, हर्दिया, प्रशुरामपुर १००
खुसीयाली बचत तथा ऋण सहकारी संस्था लि.  ठमेल, काठमान्डौं त्रिपाल १००, चटाई (म्याट) १००, झुल १०० हर्दिया दलित टोल १००
ओम प्रकाश गिरी बारा नगद रु. ८७००। म्याट खरिद गरी बाडिएको भरवलिया ४३
रुकमांगद कटुवाल ट्रष्ट काठमाण्डौ टेन्टको घर भरवलिया
याब नेपाल भक्तपुर सेनेटरी १०० पिस, ब्रस २००, पेष्ट १००, नुहाउने साबुन २०० परसौनी ४, खुटुवा ८७

 

 

 

रक्षाराम हरिजन

थर्ड एलायन्स

मिति:२०७६ बैषाख ५ गते