मितिः २०७४ असार ४ गते
प्रेस विज्ञप्ति
तराई मधेसमा ठुलो संख्यामा नेताहरुको गिरफ्तारीप्रति ध्यानाकर्षण
थर्ड एलायन्स देशका विभिन्न भागहरुमा राष्ट्रिय जनता पार्टी, नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरुद्वारा भएको बल प्रयोग र स्वेच्छाचारी गिरफ्तारीको भत्र्सना गर्दछ । थर्ड एलायन्सलाई देशका विभिन्न भागमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुका विरुद्धमा सुरक्षा अंगले गोप्य निगरानी गरिरहेको रिपोर्ट प्राप्त भएको छ । थर्ड एलायन्स व्यक्तिको मौलिक अधिकार र मानव अधिकारको बर्खिलाफ हुने सुरक्षाकर्मीहरुको यस्ता कार्यको विरोध गर्दछ, र यस्ता गैरकानूनी कार्य नगर्न, स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरुलाई दुव्र्यवहार नगर्न र कानूनले दिएको अधिकारविपरीत शक्तिको प्रयोग नगर्न माग गर्दछ ।
सुरक्षाकर्मीहरुले हिजो शनिवार नवलपरासीको परासी बजारको बुद्ध चौकमा राजपा नेपालद्वारा आयोजित कार्यक्रममा लाठी चार्ज, अश्रुग्यास प्रहारका साथै गोली प्रहार गर्दा चारजना घाइते भएका थिए । घाइते हुनेहरुमा नरसिङ चौधरी, सुरेश गुप्त, रामेश्वर कुशवाहा र भगवान गुप्त रहेका छन् । ती सबै घाइतेहरुलाई कम्मरभन्दा माथि गोली लागेको छ । यो घटना राजपा नेपालका नेता महन्थ ठाकुरले शान्तिपूर्ण सभालाई सम्बोधन गरिरहँदा भएको थियो । त्यस बेलामा राजपा नेपालका चारजना समर्थकहरुलाई पनि प्रहरीले पक्राउ गरेका थिए ।
त्यसैगरी प्रहरीले विराटनगरमा निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका १४ जना राजपा नेपालका नेताहरुलाई असार २ गते प्रहरीले दुव्र्यवहार गरी पक्राउ गरेका थिए । त्यस्तै प्रहरीले नेपालगंजमा असार ३ गते राजपा नेपालका १६ जना जिल्लास्तरीय नेताहरुलाई पक्राउ गरे । राजपा नेपालका नेताहरुले आफ्ना धेरै सहकर्मीहरुलाई सुरक्षाकर्मीहरुले गोप्य निगरानीमा राखेको बताए । नेपालगञ्जमा राजपा नेपालका नेताहरुलाई त्यसबेला पक्राउ गरिएको थियो, जुनबेला उनीहरुले लाठी जुलुस निकाल्ने तयारी गरिरहेका थिए । त्यसैगरी असार ४ का दिन सुरक्षाकर्मीहरुले जनकपुरधाममा राजपा नेपालले निकालेको शान्तिपूर्ण जुलुसमा लाठी चार्ज गरी प्रदर्शनकारीहरुलाई घाइते बनाउनुका साथै गिरफ्तार गरेका छन् । प्रहरीले ४० जनालाई गिरफ्तार गरेको बताइन्छ । त्यसैगरी प्रहरीले शक्ति प्रयोग गर्दा कैयौं प्रदर्शनकारीहरु घाइते भएका छन् । त्यस्तै सुनसरीबाट पक्राउ परेका राजपाका सन्तोष मेहता लगायत ११ नेता तथा कार्यकर्ताहरुलाई यातना तथा दुव्र्यवहार गरिएको छ ।
थर्ड एलायन्सले सुरक्षाकर्मीहरुलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दछ । त्यसैगरी गिरफ्तार गरिएको व्यक्तिलाई कुनै किसिमको दुव्र्यवहार नगर्न तथा कुटपिट नगर्न माग गर्दछ । राजपा नेपालले मधेसी तथा जनजातिलगायतका बन्चित समुदायलाई अधिकार प्रदान गर्न संविधान संशोधन गर्न तथा मधेसमा जनसंख्याको अनुपातमा स्थानीय तहको संख्याको निर्धारण गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । यी राजनीतिक मागहरुको समाधान पनि वार्ता र सम्बादको माध्यमबाट खोज्न थर्ड एलायसन्स सरकार तथा आन्दोलनरत पक्षलाई आग्रह गर्दछ । थर्ड एलायन्स सरकारलाई आन्दोलनरत पक्षको मागलाई दमनकारी नीतिको आधारमा नदवाउन पनि माग गर्दछ ।

…………………
रक्षाराम हरिजन
थर्ड एलायन्स

[pdf-embedder url=”https://www.thrda.org/wp-content/uploads/2017/06/Press-Release-2017.6.18.pdf”]