मिति २०७५ भाद्र ७ गते वर्दियामा संघीय समाजवादी फोरम नेपालद्धारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उपस्थित उपप्रधान तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवलाई केहि प्रश्न गर्न सक्ने वा कालो झण्डा देखाउन सक्ने शंकामा प्रकाउ गरिएको राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गरी पाँउ भनि पिडित परिवारले जाहेरी दर्ता गर्न जाँदा जाहेरी दर्ता नगरी हालसम्म पनि मृतकको शव परिक्षण नगरिएकोले लाशको सदगत हुन सकेको छैन । जसले गर्दा मृत्युपछि धार्मिक परम्पराअनुसार दाह संस्कार गर्न पाउनु पर्ने अधिकारको उल्लंघन भएको छ ।
 
लाश हेर्न नपाएर मृतकका आमा, बाबु, श्रीमति, निजका कलिला बालबालिकाहरु रुँदारुँदै बेहोश हुने गरेको, खाना समेत नखाएकोले उनीहरु बारम्वार अचेत हुने गरेको अवस्था छ । मान्छेको मृत्यु भई सकेपछि उसको धार्मिक परम्परा अनुसार लासको सदगत गर्न पाउनु पर्ने नैसर्गिक तथा कानुनी अधिकार हो । प्रहरी हिरासतमा राखिएका कुनैपनि व्यक्तिको स्वास्थ्य उपचार लगायत निजको सवै सुरक्षाको जिम्मेवारी सम्बन्धित प्रहरी कार्यालयको हुने भएकोले समयमा उपचार नपाएर हिरासतमा मान्छेको मृत्यु हुनु गम्भिर विषयवस्तु हो । यस्तो प्रकृतिको घटनामा राज्य अफ्नो दायित्ववाट कदापि बिमुख हुन पाउदैन । 
 
तसर्थ उक्त घटनालाई निष्पक्ष छानविन गर्नको लागी जाहेरी दर्खास्त दर्ता गरी मृतकको शव परिक्षण गराई लाश सदगत पुर्जी दिई दाहसंस्कार गर्ने वातावरण बनाइदिनका लागी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछु । साथै घटनाको अनुसन्धान तथा छानविन गरी दोषीलाई कानुन बमोजिमको कारवाहीको माग गर्दछौं । 
………………. 
रक्षाराम हरिजन 
मिडिया तथा संचार संयोजक