प्रेस विज्ञप्ति

महोत्तरी जिल्ला औरही नगरपालिका वडा नम्वर १ बस्ने सन्तोष साहको ८ महिने छोरीको अपहरण पछि भएको हत्याप्रति तराई मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।
सन्तोष साहको छोरी सोनाली साहलाई भदौ १० गते करिब ५ बजे आफ्नै पसलमा आमा संगै खेल्दै गरेको अवस्थामा एक अपरिचितले अपहरण गरेका थिए । त्यसको भोलीपल्ट सोनालीलाई मृत अवस्थामा स्थानियबासी र प्रहरीले फेला पारेका थिए ।
त्यसैले थर्ड एलायन्स महोत्तरी घटनाप्रति दुखः व्यक्त गर्नुको साथै यस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई यथाशीघ्र खोजी गरी कानुनी दायरमा ल्याउन सम्वन्धित सबै सरोकारवालासंग माग गर्दछ ।
साथै मृत बालिका आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गर्दछ ।

अर्जुन कुमार साह
मानव अधिकार अधिकृत महोत्तरी