अर्जेन्ट अपिल
जिल्ला महाराजगञ्ज थाना सौनौली, पोष्ट सोनौली, मौजा नौनिया (रेहरा), भारत (नेपाल भारतको सिमना देखि करिव ३ किलोमीटरभित्र भारतमा पर्दछ ) बस्ने बर्ष २४ का अरबिन्द केवट सहनी जिल्ला रुपन्देही गा.बि.स. अमवाको अमवा चोकमा एक मोटरसाइकल पसलमा मोटरसाइकल मिस्त्रीको काम गर्दथे र मोटर साइकल पसलदेखि करीब तीन किलोमिटरको दुरीमा रहेको भुम्का गाँउमा आफनो बहिनीको घरमा करीब १५ बर्षदेखि बस्दै आएका छन ।
यिनी मिति २०७३ माघ १ गतेका ( १४ जनवरी २०१६ ) का दिन माघे संक्रान्ति मनाउनको लागि आफ्नो घर गएका थिए । निजको छिमेकीको गाँउ लक्ष्मीपुरको साथी डब्लू सहनी रुपन्देहीको धकधई चोकमा मोवाइल पसल संचाल गरेका छन । माघ २ गते को दिन आज मेरो पसलमा जाऔं भनेर डब्लु सहनीले अरबिन्द सहनीलाई धकधई चोकमा आफनो पसलमा आफूसँंगै ल्याएका थिए ।
नवलपरासी जिल्लाको भुमही घर भएकी बर्ष ३० की मिरा सहनी रुपन्देहीको मंगलापुरमा मजदुरीको काम गर्दै आएकी छन् । अरबिन्द करीब १ बजेको समयमा मिरा सहनीलाई लिनको लागी भुमही गई रहेको अवस्थामा परासी बजार, हुलाकी सडकमा भेट भएपछि निजलाई मोटरसाइकलमा बसाली मंगलापूर छोड्ने गइरहेका थिए ।
करीब ३ बजेको समयमा धकधई चोकमा पुगे र डब्लूको मोवाइल पसलअगाडि मोटरसाइकल रोकी नास्ता खाने भनेर एउटा रेष्टुरेन्टमा तीनै जना ( मिरा सहनी, अरबिन्द सहनी र डब्लु सहनी) नास्ता खाइरहेको अवस्थामा करीब ४ बजेको समयमा इलाका प्रहरी कार्यालय धकधईका प्रहरी सहायक निरिक्षक जगतबहादुर साहीको कामाण्डमा २ जना पोशाकमा रहेका नेपाल प्रहरी र करीब ४ जना सादा पोशाकमा रहहेका घुमुवा प्रहरीहरु र धकधई सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश यादव सहितको टोलीले निजलाई लात,मुक्का, बुट र वाँसको लठ्ठीले कुटपिट गर्दै गैरकानुनी तरिकाले अपाहरणको शैलीमा पक्राउ गरे । अरबिन्द सहनी माथि हतियार(पेस्तोल) त्रेस्र्याएर पक्राउ गरिएको थियो ।
पक्राउ गरेको करीब ५ मिनेट भित्र इलाका प्रहरी कार्यालय बेलहिया, इलाका प्रहरी कार्यालय धकधई र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट ३ वटा प्रहरी गाडीमा करिव ५० जनाको संख्यमा नेपाल प्रहरी आई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगियो ।
निज अरविन्द सहनीको पक्राउ सम्बन्धमा स्थानीय मानव अधिकारकर्मी तथा पत्रकारहरुले बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र धानुक र प्रहरी नायब उपरीक्षक बेल बहादुर पाण्डेय दुवै प्रहरी अधिकृतहरुले पक्राउ गरेको कुरा इन्कार गर्दै आइरहेका छन । निजलाई पक्राउ गर्दाको समयको भिडियो पनि सार्वजनिक भएको अवस्था छ तर प्रहरीले पक्राउ गरेर कहाँ, कुन अवस्थामा राखेको छ भन्ने कुरा खुल्न सकेको छैन । अरबिन्दको अवस्था हाल सम्म अज्ञात छ ।
हिजो साँझ मानव अधिकारकर्मी र पत्रकारहरुको एक टोली जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा गएर हेर्दा यिनीविरुद्ध सार्वजनिक अपराध मुद्दा अन्र्तगत ३ गते देखि लागू हुने गरी पहिलो पल्ट ६ दिनको म्याद थप गरेको बुुझिएको छ । म्याद थप डायरीको ३७५ नम्बरमा म्याद थप गरेको देखिन्छ ।
अरबिन्द सहनीको दाई नागेन्द्र केवटले दिएको जानकारी अनुसार उनको भाइलाई धकधईबाट पक्राउ गरिएको हो तर जिल्ला प्रहरी कार्यालयमा भाईलाई भेट्न जाँदा प्रहरीले पक्राउ गरेको इन्कार गर्दैआएको छ । यसरी प्रहरीले पक्राउ गरेको भए तापनि हाल सम्म पनि सार्वजनिक नगरी बेपत्ता बनाएर राखिएको छ । अरबिन्दको दाइले भाइ भ भाइको जीवन रक्षा र निजको रिहाईको लागि राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय बुटवल र तराई मानव अधिकार रक्षक संजालको क्षेत्रीय कार्यालय, भैराहवामा उजुरी गरेका छन ।
अरबिन्दलाई न्र्द पक्राउ गरेको एक घण्टापछि धकधई चोकवाट मिरा सहनीलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा ल्याइएको थियो । निजलाई २४ घण्टासम्म थुनामा राखी भोलि पल्ट ३ गते रिहा गरियो । मीराले अरबिन्दसँग कस्तो नाता भएको भनेर प्रहरीले सोधपुछ गरेको उनले बताइन् । । मीराले त्यस्तो मान्छेसँंग किन हिडेको भनेर गालीगलौज गर्दै नाम थर थाहा नभएको प्रहरीले उनलाई हप्काएका थिए । । यिनलाई साँ झ अभिभावका जिम्मा लगाई रिहा गरिएको थियो ।