सुनसरी

साउन ९ गते दिउँसो ४ बजे सुनसरीको हरिनगर गा.पा.–७, घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बीच झडप हुँदा सर्वसाधारण तर्फ २५ वर्षीया महनाज खातुन, ६० वर्षीय कैयुम मियाँ र २२ वर्षीया सलमा खातुन तथा सशस्त्र तर्फ नेत्र बहादुर बस्नेत, दिल्लीराम दहाल, भिमराज सुन्दास र सुजन थापा मगर सहित ७ जना घाइते भएका छन् ।
गम्भिर घाइते भएकी महनाज खातुनको अनुसार उनी बाख्रा चराइरहेको बेला पटुवा खेतबाट २ जना सशस्त्र प्रहरीले रु.१००० देखाई बोलाएकोले आफूले गाली गरे बताईन् । त्यसपति सशस्त्र प्रहरीले तँ बाख्रा तस्करी गरेर ल्याएको भनेर खोस्न थालेपछि आफूले प्रतिकार गर्न खोज्दा उनीहरुले लठी, मुक्का र बुटले कुटपिट गरी खेतमा लडाएपछि आफू विहोस भएको बताईन् ।
प्रत्यक्षदर्शी शादिर मियाँका अनुसार महनाज खातुन घरबाट करिब दुईसय मीटर पर आफ्नो खेतमा खसी–बाख्रा चराइरहेको बेला २ जना सशस्त्र प्रहरी आएर यो खसी भारतबाट ल्याएको हो भनी खोस्न खोज्दा महनाज र सशस्त्र प्रहरीबीच वादविवाद भएको थियो ।
त्यसैगरि नजिकै घास काट्दै गरेकी अर्का प्रत्यक्षदर्शी नुरेशा खातुनले “महिलालाई यसरी कुट्न पाइन्छ ?” भनेर बचाउन खोज्दा आपूmलाई पनि हातमा एक लट्ठीले हिर्काएको बताइन् ।
महनाजको घरबाट खेत नजिकै रहेकोले उनका आफन्त तथा स्थानीय बासी घटनास्थल पुगी सशस्त्र प्रहरीको प्रतिकार गरे ।
पछि जिल्लाबाट थप २÷३ ट्रक सशस्त्र प्रहरी र स्थानीय घुस्की प्रहरी चौकीका प्रहरी नायव निरिक्षकको नेतृत्वमा एक टोली तत्काल घटनास्थल पुगि दोषी सशस्त्रलाई प्रहरी चौकी लग्न थाले । सोही क्रममा भेला भएका सयौको संख्यामा भेला भएका स्थानियले सशस्त्र प्रहरीविरुद्ध नाराबाजी गर्न थाले ।
त्यसपछि नेपाल प्रहरी नायव निरिक्षकको निर्देशनमा सशस्त्र प्रहरीले भिडमाथि ७ सेल अश्रुग्यास र करिब ११ राउण्ड हवाइ फायर गरेको स्थानीय रशिद मियाँले बताए ।
प्रहरी चौकी नजिक धेरै मानिसहरु जम्मा भई नाराबाजी गरिरहंदा आपूm हेर्न गएको र सोही क्रममा प्रहरीले चलाएको गोलीका छर्रा आफ्नो दाहिने हातको कुहिनानिर लाग्दा आपूm तत्काल ढलेको घाइते कैयुम मियाँले बताए । उपचारको क्रममा प्रहरीको दबाबमा गोली नलागेको झुठो रिपोर्ट तयार गरिएको दाबी समेत उनले गरे ।
घटनाबारे सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीसँग बुभ्mदा उनले भारतबाट १०÷१२ खसी भन्सार छलेर ल्याउँदै गर्दा सशस्त्रले रोक्न खोज्दा महनाज लडेकी र सोही निहुँमा गाउँलेहरु घरेलु हाथहथियार सहित आक्रमण गरेकोले आत्मरक्षाका लागि ७ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको स्वीकारे । उनले गाउँलेको आक्रमणबाट सशस्त्रका एक जवान ३ घण्टापछि सम्पर्कमा आएको दाबी समेत गरे । उता सशस्त्र प्रहरी बल बिक्रमपुरका इन्सपेक्टर बिदुर भट्टराई र सई यज्ञराज भण्डारीसँग घटनाबारे बुभ्mदा आपूmहरु पुरानो टोलीको स्थानमा घटनापछि आएकाले बिस्तृत जानकारी नभएको बताए । इन्सपेक्टर भट्टराईले तस्करी गरेर नै खसी ल्याउँदै गरेको र रोक्न खोज्दा गाउँले प्रतिकारमा उत्रेको दाबी गरे । उनका अनुसार गाउँलेको आक्रमणबाट घाइते अवस्थामा सशस्त्रका हवल्दार नेत्र बहादुर बस्नेतलाई घाइते अवस्थामा हाम्रो टोलीले ३ घण्टापछि पटुवा खेतमा फेला पारेको दावी गराए ।
गम्भिर घाइते भएका महनाज, कैयुम र सशस्त्रका नेत्रबहादुर बस्नेत बिराटनगरको नोबेलमा उपचार पछि साउन १० गते डिस्चार्ज भएको हो । उक्त घटनाको विरोधमा १० गते घुस्कीमा दिनभरी ठाउँ–ठाउँमा टायर बाली प्रदर्शन हुनुका साथै बजार बन्द गराइएको थियो ।
सांझ ५ बजे प्रमुख जिल्ला अधिकारी, सशस्त्र तथा नेपाल प्रहरीका प्रहरी उपरिक्षक, नायव प्रहरी उपरिक्षक, गाउँपालिकाका अध्यक्ष, घाइते परिवार, स्थानीय भरभलादमी लगायत सर्वपक्षीय बैठक बसी घटनाको छानबीन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी १५ सदस्यीय छानबीन टोली गठन गरेको र पीडितलाई क्षतिपूर्ति गाउँपालिकाले उपलब्ध गराउने सहमति भएपछि सो क्षेत्रको वातावरण अहिले शान्त छ ।