नेपाल सशस्त्र प्रहरीका जवान प्रविण कुमार सिंहले सर्लाही जिल्लाको मलंगवा नगरपालिका.–७ निवासी बेविया खानुतलाई यातना दिएका छन् ।
भारतको सोनवर्साबाट मलंगवाका व्यापारीहरुका लागि सामान ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरीका जवान सिंहले खातुनलाई साउन ४ गते यातना दिएका थिए ।
पीडित खातुनका अनुसार उनी दिउसो १ बजे सोनवर्साबाट दुई कार्टुन फ्रुटी लिएर आउदै गर्दा दजगजा भन्दा ५०० मिटर पश्चिममा नेपालतर्फ सादा पोसाकमा रहेका जवान सिंहले २००० (दुई हजार रुपैया) मागेका थिए । तर खातुनले आफूसंग पैसा नभएको बताएपछि सिंहले अश्लिल शब्द प्रयोग गर्दै हातपात गर्न थालेका थिए ।
खातुनका अनुसार उनी घटनास्थलबाट भाग्न खोज्दा सिंहले फेरीपनि हातपात गरेको तथा नालामा धकेलिदिएका थिए । नालामा खसेपछि खातुनको दाहिने खुट्टाको पैतालामा सिसा घोचेको थियो ।
तर घटनास्थलमा मानिसहरुको भिड जम्मा भएपछि सिंह त्यहाबाट फरार भएका थिए भने स्थानियले प्रहरीलाई बोलाएपछि खातुनलाई अस्पताल लगिएको थियो तथा उपचार पछि उनलाई सोही दिन घर पुर्याइएको थियो ।
सशस्त्र प्रहरीका डिएसपी प्रकाश कुमार माझीले सिंह केही दिन अघिमात्र सशस्त्र प्रहरीमा नियुक्त भएको तथा उनी दोषी ठहरिए विभागिय कारवाही चलाउने तथा पीडितलाई उपचार तथा क्षतिपूर्ति दिलाउने बताए ।