मङ्सिर १५, रौतहट
गरूडा नपा – १ महमदपुरमा २०७४/०८/१४ गते राति करिब ८ बजे राजपा, फोरम गठबनधनका कार्यकर्ता र प्रहरी बीच झडप हुँदा करिब १४ जना प्रहरी तथा ६ जना स्थानीय घाईते भएका छन ।

१४ गते राति करिब ८ बजे राजपा, फोरम गठबनधनका कार्यकर्ता र स्थानीय मधेश आनदोलनको क्रममा भएको टिकापुर घटनाको भिडियो हेरिरहेकोमा ईलाका प्रहरी कार्यालय रूडाका प्रहरी टोलीले अहिले चुनावको बेला यो भिडियो चलाऊन मिल्दैन भनेर रोक्दा बिवाद भई झडप भएको थियो ।
घाईतेहरूको हेलथ लयानड हसपिटल गरूडामा ऊपचार भईरहेको छ । झडपमा प्रहरी तर्फबाट १०/१५ राउण्ड फायरिङ भएको थियो ।