मधेस आन्दोलनका पीडितहरुले उच्च स्तरीय छानबीन आयोगको प्रतिबेदनको प्रमाणित प्रतिलिपि माग गरेका छन् . प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सूचना अधिकारीलाई सम्बोधन गरि सुचना गरेका हुन्.
सर्वाेच्च अदालतको पुर्व न्यायाधीश मा. गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” ले अध्ययन र छानबीन गरेको प्रतिवेदन औपचारिक रुपमा यस प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सम्मानीय प्रधानमन्त्री ज्युलाई मिति २०७४।०८।२८ गते बुझाएको छ । सो छानबीन आयोगको प्रतिवेदन उनीहरुको व्यक्तिगत सरोकारको विषय भएको अध्ययन प्रयोजनको प्रतिवेदनको पुर्ण पाठ माग गरेका छन् ।
श्रीमान् सूचना अधिकारीज्यु
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरवार, काठमाण्डौं 
विषयः सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे ।
महोदय, 
    उपर्युक्त सम्बन्धमा हामी निवेदकलाई यस कार्यालयमा रहेका तपसिलमा उल्लिखित विवरण, तथ्याङ्क तथा सूचना हामीसंग सम्बन्धित भएकोले हाम्रो अध्ययन प्रयोजनको लागि आवश्यक परेको जानकारी गराउन चाहन्छौं, उक्त सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार ति सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन गर्दछौं ।
तपसिल
१. सर्वाेच्च अदालतको पुर्व न्यायाधीश मा. गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” ले अध्ययन र छानबीन गरेको प्रतिवेदन औपचारिक रुपमा यस प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सम्मानीय प्रधानमन्त्री ज्युलाई मिति २०७४।०८।२८ गते बुझाएको छ । 
 
संविधान निर्माण प्रक्रिया तथा संविधान जारी भइसकेको संशोधनको माग गर्दै मधेसी, जनजाती, थारु तथा अन्य सिमान्तकृत समुदायलाई निरन्तर आन्दोलन गर्दै आएका थिए । सोही क्रममा हाम्रो परिवारका सदस्य आन्दोलनमा सहभागी नभएपनि राज्य पक्षबाट हाम्रो घर र बजारमा अन्धाधुन्ध गोली प्रहार गरी अध्यधिक बलको प्रयोग भई हाम्रो परिवारको सदस्य गुमाएका छौं । यस सम्बन्धमा सो छानबीन आयोगका सदस्यहरुले हामीसँग पनि आवश्यक जानकारी लिएको थियो । मिति २०७४।८।२८ मा आफ्नो प्रतिवेदन यस कार्यालयमा बुझाई सकेको अवस्थामा मारिएका हाम्रो परिवारका सदस्यहरुको हकमा सो प्रतिवेदनले के कस्तो तथ्य प्राप्त गरेको र के सिफारिस गरेको छ । भन्ने जानकारी पाउनु हाम्रो नैसर्गिक अधिकार हो ।  
त्यसैले सो छानबीन आयोगको प्रतिवेदन हामी निवेदकहरुको व्यक्तिगत सरोकारको विषय भएको अध्ययन प्रयोजनको उल्लेखित “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” को प्रतिवेदनको पुर्ण पाठ ।
 
माथि उल्लेखित सुचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दछु, उल्लिखित सूचना उपलब्ध गराउंदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार छौं । 
बोधार्थः 
१. सम्मानीय प्रधानमन्त्री ज्यु, 
प्रधानमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
२. श्रीमान मुख्य सचिव ज्यु, 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
   निवेदकहरु 
   १. ………………………….
            
   नामः शशिधर पाण्डेय
   ठेगानाः जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं.६
   फोन नं.ः ९८२१५६१०१०
   इमेलः [email protected]om
                     
२. ………………………….
                  
नामः गिता कुमार बरई
        ठेगानाः जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं. ६
फोन नं.ः ९८०२६५४५७६
इमेलः
३. ………………………….
नामः अवधेश प्रसाद कुर्मी 
ठेगानाः जिल्ला पर्सा, पोखरिया न.पा. वडा नं. १
फोन नं.ः ९८०५४३८३६१
इमेलः
४………………………..
  नामः धमेन्द्र मुराउ 
        ठेगानाः जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं. ६
फोन नं.ः ९८१४४४६३३०
इमेलः