अर्जुन कुमार साह बि. गृह मन्त्रालय समेतको मुद्दामा सम्मानित सर्वोच्च अदालतको एकल इजलासले निज निवेदक नेपालभित्र जन्मिएको भनि जन्मदर्ता प्रमाण पेश भएको छ. नेपाली आमाबाट नेपालभित्र जन्म भएको भनिएका निवेदकलाई नेपाली नागरिकता नभएकै कारणबाट बैंकमा खाता खोल्न, शिक्षण संस्थामा पठनपाठन गर्नबाट बन्चित हुन् हजे अवस्था सिर्जना भएको देखिएकाले निवेदकलाई तत्काल अपुरणीय क्षति पुग्न हने देखिंदा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म  राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न, शिक्षण संस्थामा पठनपाठन गर्न रोक नलगाउनु र निवेदकको हकमा नागरिकले पाउने सेवा सुविधाबाट बंचित नगराउनु भनि अन्तरिम आदेश जारी भएको छ. त्यसैगरि बिराटनगर उच्च अदालतले पनि सोहि व्यहोराको अन्तरिम आदेश गरेको छ.