जेठ १३
जिल्ला सर्लाही पर्सा गाउपालिका वडा नम्वर ६ का ३० वर्षीय धमेन्द्र महरालाई सोही ठाउ बस्ने ५० वर्षीय असर्फि पण्डित र उनका छोरा ३४ वर्षीय श्याम पण्डित कुम्हारले शनिवार राति करिब ९ बजे कुटपिट गरेका छन् ।
स्थानीय मनोज पण्डितको निमन्त्रणामा छठियारको भोज खान गएका धमेन्द्रलाई चमार जाती भनेर होच्याउदै आफूहरुसंगै लाइनमा नवस्न उनीहरुले दवाब दिंँदा धमेन्द्रले प्रतिकार गरेपछि विवाद उत्पन्न भएको थियो ।
सोही क्रममा धमेन्द्रले सबैको रगत रातो नै हुने तथा संगै बस्दैमा कोही पनि नछोइने बताएपछि उनीमाथि हातपात भएको थियो ।
कुटपिटबाट धर्मेन्द्रको ओठ फुटेर रगत आएको साथै दात, टाउको र दाहिने हातमा समेत चोट लागेको पिडितले तराई मानव अधिकार रक्षक संजाललाई जानकारी गराए ।
उनको उपचार गाउमै भएको थियो भने जातीय छुवाछुत र विभेद गरेको भन्दै निज धमेन्द्रले जिल्ला प्रहरीमा जाहेरी दर्ता गर्ने बताएका छन् ।