मधेस-थरुहट आन्दोलनक्रममा आँफूहरू दमनमा परेको भन्दै पीड़ित परिवार संजाल, नागरिक समाज, मानव अधिकार कर्मी लगायत समुहले मधेसको बिभिन्न भागमा उच्च स्तरीय छानवीन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै प्रदर्शन  गर्दै आएका छन।

यहि साता भैरहवा, बिराटनगर, जनकपुर, सर्लाही, महोत्तरी लगायत मधेसको अनेक ठाउँमा पीडित संजाल मार्फ़त प्रथम चरणको प्रदर्शन सम्पन्न भएको छ।  पीडित परिवार तथा अन्य संघ-संस्थाका विद्यार्थी, युवा र बुद्धिजीवी सहभागी उक्त प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारी मार्फ़त सरकारलाई सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई ज्ञापन-पत्र समेत बुझाएका छन।