धनुषाबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन कार्यालय धनुषाले शुक्रवार आयोजना गरेको प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक सतिष लाल दास, संजय सिंह, परमेश्वर साह,हरिनारायण यादव, रामपुकार यादव, उदय सिंह र रामचन्द्र साह रहेका छन् । यसैगरी अन्य पक्राउ पर्नेहरुमा प्रमोद यादव,रामरत्न यादव, सुमनकान्त ठाकुर, शिलाकान्त झा, प्रदिप सिंह र सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । धनुषा निर्वाचन कार्यालयले जनकपुरको मुजेलिया ग्रामीण विकास प्रशिक्षण केन्द्रको सभाहलमा आयोजना गरेको निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई विथोल्न खोज्दा पक्राउ गरिएको प्रहरी उपरिक्षक लिलामणि आचार्यले जानकारी दिएका छन् । पक्राउ परेका सबैलाई हाल धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यता मोर्चाका नेता कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरिरहेको छ ।

18009905_1361027153982425_1075440775_n

जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी मधेशी मोर्चाको नेता तथा कार्यकर्ताहरुद्वारा नारावाजी प्रदर्शन । करिब २ दर्जन प्रदर्शनकारीहरु सहभागि ।

जनकपुरको मुजेलिया स्थित ग्रामिण प्रशिक्षण कार्यालयमा निर्वाचन प्रशिक्षण कार्यक्रम चलिरहेको समयमा सतिषलाल कर्णकोनेतृत्वमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संयुक्त गठबन्धनका कार्यकर्ताहरुले प्रशिक्षण कार्यक्रम बिथोल्न खोज्दा स्थानिय नेताहरु संजय सिंह, परमेश्वर साह, प्रदिप सिंह, प्रमोद यादव, रामरत्न यादव, सुमनकान्त ठाकुर, हरिनारायण यादव, रामचन्द्र साह, उदय सिंह, शिलाकान्त झा, रामपुकार यादव सिताराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरी कार्यलयले जनाएको छ ।